दफा २०
बिक्रीको अभिलेख सम्बन्धी व्यवस्था
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ बिक्री गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची-१५ बमोजिमको ढाँचामा बिक्रीको अभिलेख राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बिक्रीको अभिलेख सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकारीले मागेको बखत अनुमतिपत्र प्राप्त व्यक्तिले उपलब्ध गराउनु पर्नेछ।